Have Any Questions? support@pitgroup.com.np
9847087390

Notice:

अक्षयकोषको सदस्यता लिनुभएका सदस्यहरुले सदस्यता शुल्क एन.आई.सी. एसिया तमघास शाखाको खातामा नंंम्बर K041051349652401 जम्मा गर्न सक्नुहुनेछ ।

विद्यालय परिचय

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार ०२:४२

नेपालको ५ नं. प्रदेशमा पर्ने गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका ५ नं. वडामा अवस्थित भुवनपानी भन्ने ठाउँमा वि.सं. २०२९ साल फागुन १ गतेका दिन विधिवत रुपमा यस श्री जनसहयोग प्रा.वि. को स्थापना भएको हो । स्थापना कालमा तत्कालिन समयको अर्घाखाँची जिल्लाको छेडाको ठाँटी गाँउ पञ्चायत वडा नं. ७ का शिक्षाप्रेमी, समाजसेवी डि.नरेन्द्रबहादुर कुँवर क्षेत्री, यमनाथ मरासिनी, छविलाल सुनार, भविश्वर फुल्देल, राघुपाध्य फुल्देल र खिमानन्द फुल्देललगायतको सक्रियतामा शिक्षक पर्शुराम शर्मा फुल्देल, गुरुप्रसाद फुल्देलका साथै पं. इश्वरीप्रसाद फुल्देलको सक्रिय सहभागितामा विद्यालय सञ्चालन गर्ने अवसर प्राप्त भयो । तत् पश्चात् अभिभावकको चाहना र शिक्षाप्राप्ती जनताको रुचि बढ्दै गई पछिल्ला वर्षमा कक्षा थप हुँदै क्रमशः कक्षा ३ सम्म सञ्चालन भइरहेको मिति २०३९ सालमा कक्षा ४ र २०४० सालमा कक्षा ५ सञ्चालन भयो । यसै क्रममा पछि सपय सापेक्षरुपमा थप कक्षा आवश्यकता भएकोले २०५१ कात्तिक १० बाट कक्षा ६ सञ्चालन भई क्रमशः कक्षा थप गर्दै वि.स. २०५५ भदौ २५ मा कक्षा १० सम्म पुगेको थियो । त्यसपछि हालसम्म पनि कक्षा १० सम्म मै पाँच सय भन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

विद्यालयमा हाल सञ्चालित कार्यक्रम विवरण

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार ०२:१६

 बालविकास कक्षा २ ओटा
 कक्षा १ देखि ६ अंग्रेजी माध्यममा पठनपाठन
 कक्षा १ देखि १० सम्म पठनपाठन

Contact Us

Shree janasahayog Secondary School
Resunga-5,Gulmi
079-690343
janasahayogmavi2074@gmail.com

Download Apps

Click  Here 

Jasa mavimobile Apps

Total Visitors
34712