Have Any Questions? support@pitgroup.com.np
9847087390

Notice:

अक्षयकोषको सदस्यता लिनुभएका सदस्यहरुले सदस्यता शुल्क एन.आई.सी. एसिया तमघास शाखाको खातामा नंंम्बर K041051349652401 जम्मा गर्न सक्नुहुनेछ ।

अन्र्तरक्रिया कार्यक्रम सम्पन्न

admin
प्रकाशित मिति: ९ आश्विन २०७६, बिहीबार ०३:१९

यस  विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक,विद्यालयका विभिन्न समितिका पदाधिकारी तथा विद्यालयका शिक्षक परिवार बिच शैक्षिक गुणस्तर लगायत विभिन्न विषयमा अन्र्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ । उक्त कार्यक्रम २ दिन सम्म संचालन भयो । पहिलो दिन २०७६÷०६÷०७ गतेका दिन बालशिक्षा देखि कक्षा  ५ सम्मका अभिभावक बिचको अन्र्तक्रियाको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष भक्त बहादुर सोमैले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि वि.व्य.स.का. अध्यक्ष श्री जगत ब्। विश्वकर्मा हुनुहुन्थ्यो । कार्यक्रममा समितिका पदाधिकारीहरु मध्ये भेषराज फुल्देल,खेमराज खनाल,लिल ब.श्रेष्ठले आफ्नो विचार राख्नुभएको थियो । त्यसै  गरी २०७६÷०६÷०८ गते कक्षा ६ देखि कक्षा १० सम्मका अभिभावक बिच अन्र्तरक्रिया भएको थियो । जसमा अध्यक्षता वि.व्य.स.का  अध्यक्ष श्री जगत ब. विश्वकर्माले गर्नुभएको थियो भने प्रमुख  अतिथि वडा नं.  ५ का अध्यक्ष श्री हरि  प्रसाद शर्मा खनाल हुनुहुन्थ्यो । बिशेष  अतिथिमा रेसुङ्गा  नगरपालिका की  कार्यपालिका सदस्य श्री देवि कुँवर, श्री भुपति खनाल लगाएतका पदाधिकारीहरु  हुनुहुुन्थ्यो । उक्त कार्यक्रमहरुको सहजीकरण   यस विद्यालयका प्र.अ. श्री प्रकाश मरासिनीले गर्नुभएको थियो भने कार्यक्रम संचालन शिक्षक श्री कृष्ण प्र.  मरासिनीले गर्नुभएको थियो ।


९ आश्विन २०७६, बिहीबार ०३:१९ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us

Shree janasahayog Secondary School
Resunga-5,Gulmi
079-690343
janasahayogmavi2074@gmail.com

Download Apps

Click  Here 

Jasa mavimobile Apps

Total Visitors
34706