Have Any Questions? support@pitgroup.com.np
9847087390

Notice:

अक्षयकोषको सदस्यता लिनुभएका सदस्यहरुले सदस्यता शुल्क एन.आई.सी. एसिया तमघास शाखाको खातामा नंंम्बर K041051349652401 जम्मा गर्न सक्नुहुनेछ ।

जनसहयोग माध्यमिक विद्यालय रे.न.पा ५ का पूर्व विद्यार्थीहरु द्धारा आयोजित वक्तित्वकला सम्पन्न

admin
प्रकाशित मिति: २८ भाद्र २०७६, शनिबार १५:१८

आज मिति २०७६÷०५÷२८ गते यसै विद्यालयका पूर्व विद्यार्थी मञ्चद्धारा नगरस्तरीय मा.वि. ९ र १० कक्षाहरुका विद्यार्थीहरु बिच प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भन्ने शिर्षकमा वक्तित्वकला कार्यक्रम आयोजना भएको थियो । जसमा सभापति यसै मञ्चका अध्यक्ष श्री भेषराज पाण्डेय, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्री यादुनाथ पौडेल,विशिष्ट अतिथि रेसुङ्खा नगरपालिकाकी उप–मेयर श्री सिता भण्डारी,अतिथिमा विभिन्न वडाका अध्यक्षहरु रहनुभएको थियो भने निर्णायक मण्डलमा रेसुङ्गा काम्पसका प्रध्यापक श्री शिवलाल खनाल,रेसुङ्गा नगरपालिकाका शिक्षा अधिकृत श्री लोकनाथ मरासिनी र महिला विकासबाट श्री कल्पना पाण्डेय रहनुभएको थियो । जसमा नगरपालिकामा रहेका १९ वटा मा.वि. मध्ये १७ वटा मा.वि.बाट उपस्थिती रहेको थियो । विद्यालयबाट शिक्षकहरुको उपस्थिती राम्रो रहेको थियो । १७ प्रतिस्पर्धीमध्ये टप ७ विद्यार्थीहरु अर्को चरणका लागि छनोट मा परेका छन् । छनोटमा परेका प्रतिस्पर्धीहरु बिच अर्को चरणमा प्रतिस्पर्धा गर्नेछन् । प्रमुख जिल्ला अधिकारी व्यस्तताको कारण उपस्थित हुन नसके पनि फोन मार्फत सम्बोधन गर्नुभएको थियो ।


२८ भाद्र २०७६, शनिबार १५:१८ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us

Shree janasahayog Secondary School
Resunga-5,Gulmi
079-690343
janasahayogmavi2074@gmail.com

Download Apps

Click  Here 

Jasa mavimobile Apps

Total Visitors
34710