Have Any Questions? support@pitgroup.com.np
9847087390

Notice:

अक्षयकोषको सदस्यता लिनुभएका सदस्यहरुले सदस्यता शुल्क एन.आई.सी. एसिया तमघास शाखाको खातामा नंंम्बर K041051349652401 जम्मा गर्न सक्नुहुनेछ ।

विद्यालयको ४६ औ वार्षिक उत्सव भव्यरुपमा सम्पन्न

admin
प्रकाशित मिति: १८ फाल्गुन २०७५, शनिबार १४:१७

मिति २०७५ फाल्गुन १ गते विद्यालयको ४६ औ वार्षिक उत्सव वि.व्य.स.का सदस्य श्री खेमराज खनालको सभापतित्व तथा जिल्ला शिक्षा समन्वयका इकाइ गुल्मीका प्रमुख श्री थानेश्वर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमा बिशेष अतिथिका रुपमा नेपाली कांगे्रसका जिल्ला सचिव तथा विद्यालयका सल्लाहकार समितिका संयोजक श्री खिलध्वज पन्थी,इकाइका अधिकृत श्री लोकनाथ मरासिनी, रे.न.पा.का शिक्षा शाखा प्रार्श श्री रामप्रसाद पन्थी,वडा नं. ५ का अध्यक्ष श्री हरी प्रसाद शर्मा खनाल,वडा नं. ५ का वडा प्रतिनिधि सदस्यहरु, छिमेकी वडाका अध्यक्ष ज्यूहरु, वडाका राजनिति दलका प्रतिनिधिहरु,समाजसेवी,वृद्धिजीवी,विद्यालयका विभिन्न समितिका प्रतिनिधिहरु,विद्यालयका विभिन्न सदस्यहरु रहनुभएको थियो भने अभिभावकहरु र विद्यार्थीहरुको सहभागिता उल्लिखिनिय रहेको थियो ।
उक्त कार्यक्रममा विद्यालयबाट विभिन्न सांस्कृतिक प्रस्तुती प्रर्दशन गरिएको थियो भने विद्यालयका प्र.अ. श्री प्रकाश मरासिनीले विद्यालयको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त कार्यक्रमकै अवसरमा वार्षिक आर्थिक प्रतिवेदन पनि अभिभावकहरुलाई प्रदान गरिएको थियो । यही कायक्रमबाट नै विद्यालयमा भाइस अफ जसमावि कायक्रम थालनी गरिएको छ । छात्रा सबिना सुनारले प्रथम स्थान हासिल गर्न सफल भइन् । उक्त कार्यक्रममा विद्यालयका विभिन्न सदस्यहरुलाई विद्यालयले सम्मान प्रदान गर्नुका साथै भुतपुर्व विद्याथीहरुले शिक्षकहरुलाई पनि सम्मान प्रदान गरेको थियो । यस बाहेक पनि अन्य विभिन्न पि.टी लगाएतका कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । विभिन्न अक्षयकोष दाताहरुले प्रदान गरेको छात्रवृत्ति पनि वितरण गरिएको थियो । उक्त कार्यक्रम सञ्चालन विद्यालयकै लेखापाल श्री श्यामलाल कुँवरले गर्नुभएको थियो । तमघासबाट नजिक रहेकोले विद्यालयमा गुणस्तर नभएका विद्यालय सञ्चालन गर्न निकै कठिन हुने विद्यालयले तमघासका विद्यालय सग प्रतिस्पर्धा गर्ने तरिकाले गुणस्तर कायम राख्नुपर्ने अन्यथा विद्यालयका कक्षाकोठाहरु खाली हुन सक्ने गम्भिर कुरा इकाइ प्रमुख श्री थानेश्वर घिमिरे बताउनु भयो ।


१८ फाल्गुन २०७५, शनिबार १४:१७ मा प्रकाशित

Contact Us

Shree janasahayog Secondary School
Resunga-5,Gulmi
079-690343
janasahayogmavi2074@gmail.com

Download Apps

Click  Here 

Jasa mavimobile Apps

Total Visitors
25436