Have Any Questions? support@pitgroup.com.np
9847087390

Notice:

अक्षयकोषको सदस्यता लिनुभएका सदस्यहरुले सदस्यता शुल्क एन.आई.सी. एसिया तमघास शाखाको खातामा नंंम्बर K041051349652401 जम्मा गर्न सक्नुहुनेछ ।

रेडक्रस र मानवता बिषय शिर्षकमा वक्तित्वकला प्रतियोगीताका सम्पन्न ।

admin
प्रकाशित मिति: १८ फाल्गुन २०७५, शनिबार १४:४८

 

मिति २०७५ फाल्गुन १७ गते यस श्री जनसहयोग माध्यमिक विद्यालयमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुुल्मीको आयोजना र नेपाल युवा रेडक्रस सर्कल श्री जनसहयोग मा।वि। आतिथ्यतामा रेडक्रस र मानवता बिषय शिर्षकमा वक्तित्वकला प्रतियोगीताका सम्पन्न भएको छ । जसमा रेडक्रस सर्कलका शिक्षक नायक श्री कृष्ण प्रसाद मरासिनीको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो । जसमा प्रमुख अतिथि वडा नं ५ का वडा अध्यक्ष श्री हरी प्रसाद शर्मा खनाल, बिशेष अतिथि जिल्ला रेडक्रस शाखाका अधिकृत श्री कृष्ण प्रसाद खनाल, बिशेष अतिथिहरुमा वि.व्य.स. अध्यक्ष, वडा प्रतिनिधि सदस्यहरु,अन्य विद्यालयका शिक्षकहरु तथा अन्य व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रम नगरस्तरिय अन्र्तर मा.वि.का विद्यालयहरुलाई पत्राचार गरिएको भएता पनि ७ वटा विद्यालयको सहभागिता रहेको थियो । जसमा प्रथम गण्डकी बोडिग स्कुल तमघासकी छात्रा भवानी अर्याल भइन् भने द्धितिय र तृतिय क्रमशः अर्जुन आवसिय मा.वि. र भाडगाउँ मा.वि. हुन सफल भएको थियो । उक्त कार्यक्रमको शुरुवात विद्यालयको युवा रेडक्रस सर्कलका अध्यक्ष समिर मरासिनीको मन्तव्यबाट भएको थियो । उक्त कार्यक्रमको सञ्चालन सर्कलका सहशिक्षक नायक श्री धुव्रराज खनालले गर्नुभएको थियो । बिशेष अतिथि श्री कृष्ण प्रसाद खनालले रेडक्रस र मानवता लगायतका बिषयमा बिशेष प्रकाश पार्दै युवा विद्यार्थीहरुलाई रेडक्रसका सिद्धान्तहरुलाई आत्मसाथ गर्दै आगाडी बढ्न प्रेरणा प्रदान गर्नुभएको थियो ।


१८ फाल्गुन २०७५, शनिबार १४:४८ मा प्रकाशित

Contact Us

Shree janasahayog Secondary School
Resunga-5,Gulmi
079-690343
janasahayogmavi2074@gmail.com

Download Apps

Click  Here 

Jasa mavimobile Apps

Total Visitors
5307